• जेष्ठ ७ २०८३, बिहीबार

सरकारले सेनालाई ठेकेदार बनाएर विवादमा तान्यो : सांसद थानी

पुष ४ २०८०, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले सरकारले नेपाली सेनालाई ठेकेदार बनाएको आरोप लगाएका छन् ।
बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद थानीले सरकारले नै सेनालाई ठेकेदार बनाएर विवादमा तानेको बताएका हुन् ।

‘२०७४ सालमा सुरु भएको फास्ट ट्र्याकको काम सेनाले २०८३ मा पनि सक्छ जस्तो लाग्दैन, उनले प्रश्न गर्दै भने, ‘किन यस्तो परिस्थिति बन्यो ?’ सांसद थानीले फास्ट ट्र्याक निर्माणका लागि वनको समस्या रहेको बताए ।

‘फास्ट ट्र्याक बनाउन वनको समस्या छ । यो मिलाएर सरकारले सेनालाई दिनुपथ्र्यो, उनले भने,‘सरकार आफैले सेनालाई विवादमा तानेको छ, ठेकेदार बनाएको छ ।’