• जेष्ठ ७ २०८३, बिहीबार

चिकित्सक लाइसेन्स परीक्षाका लागि आजदेखि आवेदन खुला

पुष २ २०८०, सोमबार

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकको ६८औँ नाम दर्ता (लाइसेन्स) परीक्षाका लागि आजदेखि आवेदन खुला गरिएको छ ।

आउँदो माघ १७ देखि १९ गतेसम्म लिने परीक्षाका निम्ति आजदेखि अनलाइन फाराम भर्न सकिने काउन्सिलले जनाएको छ ।

माघ २ गतेसम्म नियमित शुल्कमा र ३ र ४ गते विलम्ब शुल्कसहित आवेदन दिन पाइने छ ।

परीक्षा इनिजनियरिङ अध्ययन संस्थान पुल्चोकमा कम्प्युटर प्रविधिबाट हुनेछ ।