• जेष्ठ ७ २०८३, बिहीबार

गोरखाका माओवादी नेता देवकोटा बलात्कार आरोपमा पक्राउ

पुष १ २०८०, आईतवार

काठमाडौं । गोरखामा एकजना माओवादी नेता पक्राउ परेका छन् । आफ्नै घरमा संरक्षण दिएर राखेकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा गोरखाका ६५ वर्षीय भूमिनन्द देवकोटा पक्राउ परेका हुन् । काठमाडौं महानगरपालिका–३२ मा बस्दै आएका देवकोटालाई प्रहरीले गत साता पक्राउ गरेको हो ।

पीडित बालिका देवकोटाको घरमा ६ वर्षको उमेरदेखि बस्दै आएकी थिइन् । उनलाई देवकोटाले संरक्षण दिएर राखेका थिए ।
पीडित बालिकाले दिएको जाहेरीमा देवकोटाले विगत १ वर्षदेखि उनलाई जबरजस्ती करणी गरेको उल्लेख छ । अत्याचार सहन नसकेपछि काठमाडौंस्थित देवकोटाको घरबाट बालिका तिहारको समयमा निस्किएको प्रहरीले जनाएको छ ।

देवकोटाको घरबाट निस्किएपछि उनी एक युवकसँग बस्दै आएकी थिइन् । प्रहरीले प्रेमी भनिएका ती युवकलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पेप्सीकोला बस्ने २७ वर्षका दीपेश नेपाली रहेका छन् ।
सूचनाः नेपाल प्रेस