काठमाडौं। मकवानपुर प्रहरीले सुनसहित हेटौँडाबाट २ जनालाई पक्राउ गरेको छ।
शुक्रबार बिहान हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट चेकजाँचको क्रममा सुनसहित २ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–२ बस्ने ३९ वर्षीय हितेस कुमार साह र भारत पंजाबका ३४ वर्षीय तर्सिम सिंह रहेका छन्।