• जेष्ठ ७ २०८३, बिहीबार

कस्तो रहनेछ आजको मौसम ?

मंसिर २८ २०८०, बिहीबार

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।

यस्तै, राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।