काठमाडौं । सञ्चारिका समूह नेपाल र कोशिश नेपालको संयुक्त आयोजनामा “मानसिक स्वास्थ्य र महिला हिंसा” सम्बन्धी अन्तरक्रिया कार्यक्रम ललितपुरस्थित याक प्यालेसमा सम्पन भएको छ ।
कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाविरुद्धका हिंसा उन्मूलन गर्न देशभर सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने बताउनुभयो । लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानको अवसरमा सञ्चारिका समूह र कोसिस नेपालको संयुक्त आयोजनामा ‘मानसिक स्वास्थ्य र महिला हिंसा’सम्बन्धी छलफलमा मन्त्री आचार्यले यस्तो बताउनु भएको हो ।
मन्त्री आर्चायले संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माण गर्न समाजका हुने महिला हिंसाविरुद्धका विकृति विसङ्गतिलाई हटाउनु पर्नेमा महिला हिंसा रोक्न सचेतना कार्यक्रम गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले महिला हिंसाविरुद्धको गतिविधि उन्मुलन गर्न लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानमा पुरुषको सहभागिता सुनिश्चित गर्नुपर्ने र महिलालाई आर्थिक रुपान्तरणमा सबल बनाउन महिला सशक्तीकरण गर्न जरुरी भएको उल्लेख गर्नु भयो ।
सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले पत्रकारिता क्षेत्रका निर्णायक तहमा महिला सहभागिताको आवश्यकता रहेको बताउदै सधैंभरि गरिरहने विषय भन्दा अलि फरक विषयमा यस पटक मानसिक स्वास्थ्य र लैङिग हिंसामा जोडिएका विषय भएको बताउनु भयो ।
कोसिस नेपालका कार्यकारी निर्देशक मातृका देवकोटाले महिलाविरुद्धका हिंसाबाट पीडित तथा प्रभावित व्यक्तिमा जटिल प्रकारका मनोसामाजिक समस्याको विकसित हुन नदिन संस्थाले महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा सञ्चारिका समूह, कोसिस नेपालका पदाधिकारी लगायत विभिन्न संञ्चारमाध्यममा आबद्ध महिला पत्रकाहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सहजीकरण महासचिव बसन्ती बास्तोलाले गर्नु भएको हो । pc-soni sharma