• जेष्ठ ७ २०८३, बिहीबार

अनुसन्धान विभागका तत्कालीन अधिकृत बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा

मंसिर २४ २०८०, आईतवार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भारतबाट जारी भएको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षक पदमा नियुक्ति भइ बढुवा भएपछि सो विषयमा अनुसनधान गरेर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बस्नेतले भारतीय नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा अनुसन्धान अधिकृत पदको ओहदा, लाभ र सुविधा प्राप्त गरेको देखिएको हुँदा उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६(१) बमोजिमको कसुर भएकोले उनलाई ऐनको दफा १६(१) बमोजिम कैद र जरिवाना हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियारका सहायक प्रवक्ता सहायक प्रवक्ता देवीप्रसाद थपलियाद्वा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।