• जेष्ठ ७ २०८३, बिहीबार

भारतलाई गौतमबुद्ध विमानस्थलको हवाई रुटमा पुनर्विचार गर्न मन्त्री किराँतीको आग्रह

मंसिर २३ २०८०, शनिबार

बुटवल । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले भारतलाई गौतमबुद्ध विमानस्थलको हवाई रुटमा पुनर्विचार गर्न मन्त्री किराँतीको आग्रह गरेका छन् ।

भारतीय दूतावासले बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको भारत–नेपाल साँस्कृतिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री किराँतीले लामो समयदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटका विषयमा भारत सकारात्मक नभएको  संकेत गर्दै हवाई रुटमा पुनर्विचार गर्न आग्रह गरेका हुन् । ‘नेपालको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने हवाई रुटका सन्दर्भममा महामहिम राजदूत मार्फत फेरी नेपाली जनताको तर्फबाट आग्रह गर्दछु, पुनर्विचार गरियोस्, सम्बन्धित निकायमा पुगोस् हाम्रो अपेक्षा छ,’ नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसमेत सहभागी कार्यक्रममा मन्त्री किराँतीले भने ।

मन्त्री किराँतीले नेपाल, दुई ठूला छिमेकी देश भारत र चीन बीचको पक्की पुल बन्न चाहेको पनि बताए ।