• जेष्ठ ७ २०८३, बिहीबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी थुनामै रहने

मंसिर १५ २०८०, शुक्रबार

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी थुनामै रहने भएका छन् । उच्च अदालत  पाटनले रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको हो ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पालगायतलाई थुनामा राख्ने यसअघि काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको हो ।