• जेष्ठ ७ २०८३, बिहीबार

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

मंसिर १३ २०८०, बुधबार

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन माघ ११ मा हुने भएको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तय गरेको हो।

निर्वाचन आयोगले निर्वाचनका लागि माघ ११ को मिति तय गर्न सरकारलाई परामर्श दिएको थियो। सोही अनुसार मिति तय गरिएको सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले जानकारी दिइन्।

आगामी फागुन २० पछि राष्ट्रिय सभाका २० पद रिक्त हुँदैछन्। त्यसमध्ये १९ जना निर्वाचनमार्फत् चयन हुनेछन्। बाँकी एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन्।

राष्ट्रिय सभामा एमालेका ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाको १, स्वतन्त्र १, मनोनित (एमाले) १ सांसदको पद रिक्त हुँदैछ।