धनगढी । धनगढीका एक पूर्व प्रहरी अर्थात् रिटायर्ड सईलाई आफ्नै छोरीमाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ परेका छन्।
गत असोजमा जिल्ला प्रहरी कार्यालय कैलालीमा धनगढीकै पन्त थरका ती अन्दाजी ५० वर्षीय रिटायर्ड सईले करणी प्रयास गरेको भन्दै अन्दाजी २२ वर्षीय छोरीले उजुरी दिएकी थिइन्। त्यसपछि फरार रहेका उनलाई केही दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीमाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तर, सरकारी वकिल र प्रहरीसँग मुद्दा मिलाउन ‘सेटिङ’ भइहेको स्रोतले दाबी गरेको छ। स्रोतका अनुसार अनुसन्धानपछि मुद्धा परिवर्तत गरेर जबरजस्ती करणी उद्योगमा नभएर यौन दुव्र्यवहार मुद्दा चलाउन सेटिङ भइरहेको छ।
काठमाडौंमा पढ्दै जागिर गर्ने ती युवती धनगढी (घर) आएकी थिइन्। घर आएकी छोरीलाई पन्तले करणी प्रयास गरेका थिए। घटना असोज १३ गते रातिको भएपनि आफ्ना बुवाविरुद्ध छोरीले करणी प्रयासको आरोपमा असोज १९ गते उजुरी दिएकी थिइन्।