• जेष्ठ ७ २०८३, बिहीबार

तनहुँमा यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते

मंसिर १३ २०८०, बुधबार

तनहुँ । धरानबाट पोखरातर्फ आउँदै गरेको यात्रुवाहक बस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको जनाइएको छ ।