काठमाडौं । काठमाडौं रातोपुलस्थित एक स्पा सेन्टरमा प्रहरीले छापा मारेर सञ्चालकलाई पक्राउ गरेको छ । नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक दिनेश पौडेललाई प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
स्पाका नाममा युवतीहरुलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएर यौन शोषण गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा पौडेलले गाउँका युवतीहरुलाई आकर्षिक जागिर दिने भन्दै प्रलोभन देखाएर काममा लगाउने गरेका थिए । त्यसक्रममा पुरुषहरुसँग अश्लिल क्रियाकलाप गरेको भिडियो, फोटो आफूसँग सुरक्षित छ भनेर समेत धम्क्याउने गरेको खुलेको छ ।