• जेष्ठ ७ २०८३, बिहीबार

नेपाली सेनामा रोजगारी खुल्यो, ठूलो संख्यामा आवेदन माग(सूचनासहित)

मंसिर ८ २०८०, शुक्रबार

काठमाडौँ । नेपाली सेनाले ठूलो संख्यामा रोजगारी खुलाएको छ । सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले आज एक सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सैन्य पदको हकमा नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् ।

दरखास्त आजबाट पुस ७ गतेसम्म आवेदन दिन सकिने छ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता आवेदन दिन सकिने भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले जनाएको छ ।

हेर्नुस् सूचना :