• जेष्ठ ७ २०८३, बिहीबार

दुर्गा प्रसाईको कार्यक्रममा आएका सर्वसाधरणलाई मध्यरातमा उठाएपछि….

मंसिर ६ २०८०, बुधबार

काठमाडौं । आफूलाई युवा संघका कार्यकर्ता भन्ने समूहले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनमा आएका सर्वसाधारणलाई मध्यरातमा उठाएकाे देखिएकाे छ।

सामाजिक सञ्जालमा भाइरल भएकाे भिडियाेमा यस्ताे देखिएकाे हाे। प्रसाईंका सर्वसाधारणलाई जबरजस्ती उठाएर घर फर्काउने प्रयास गरेको भिडियोमा देखिन्छ।

भिडियाेमा धम्कीपूर्ण शैलीमा सर्वसाधारणलाई जहाँबाट आएकाे हाे, उतै फर्किनूस् भनिएकाे छ। मंसिर ७ गते दुर्गा प्रसाईंकाे नेतृत्वमा हुन लागेकाे प्रदर्शनका लागि ती सर्वसाधारण काठमाडौं आएका हुन्।

भिडियाे भाइरल भएसँगै नेकपा एमालेकाे चाैतर्फी विराेध भइरहेकाे छ। यता युवासंघका अध्यक्ष क्षितिज थेवेले यस्तो हर्कत युवासंघले नगरेकाे बताएका छन्।