• जेष्ठ ७ २०८३, बिहीबार

इजरायल र हमासबीच चार दिनका लागि युद्ध विराम

मंसिर ६ २०८०, बुधबार

एजेन्सी । प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलबीच जारी युद्ध चार दिनका लागि रोक्ने सहमति दुई पक्षबीच भएको छ।

गत ७ अक्टोबरमा हमासले आक्रमण गरेपछि इजरायलसँग युद्ध सुरु भएको थियो। दुई पक्षबीच युद्धबिरामको सहमति भएसँगै इजरायली क्षेत्रबाट बन्धक बनाइएका २ सयमध्ये ५० जनालाई रिहा गर्ने सहमति पनि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।

इजरायलले पनि बन्धक बनाएका १ सय ५० जना प्यालेस्टाइनी नागरिकहरुलाई रिहा गर्ने सहमति पनि दुई पक्षबीच भएको छ।