काठमाडौं । झन्डै दुई किलो कोकिनसहित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । कतारको दोहाबाट काठमाडौं आएको जहाजमा एक जना यात्रुको साथबाट कोकिन बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको लागु औषध अनुसन्धान ब्युरोको टोलीले सोमबार बिहान १० बजेतिर भारतीय नागरिकलाई विमानस्थलबाट नियन्त्रणमा लिएको हो । इथोपियाबाट दोहाहुँदै आएकी भारतको मिजोरोम राज्यकी करिब ३२ वर्षीया नागरिक किमरो साँगी पक्राउ परेकी हुन् ।
उनको साथबाट प्रहरीले एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको छ । काठमाडौं आएकी उनी भुटान जाने तयारीमा थिइन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।