• जेष्ठ ७ २०८३, बिहीबार

भूकम्प पीडितको लागि चिनियाँ रेडक्रस सोसाइटीले १ करोड ३२ लाख रकम उपलब्ध गरायो

मंसिर २ २०८०, शनिबार

काठमाडौँ  ।  जाजरकोट भूकम्प पीडितको सहयोगका लागि चिनियाँ रेडक्रस सोसाइटीले रु. एक करोड ३२ लाख बराबरको मानवीय सहायता स्वरुप प्रदान गरेको छ ।

नेपालका लागि चीनका राजदूत छन सङले शनिबार नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष सुरेन्द्रसिंह ऐरलाई उक्त नगद हस्तान्तरण गरेका छन् ।

चिनियाँ रेडक्रसबाट प्राप्त नगद भूकम्पपीडितका लागि आवश्यक पर्ने राहत सामग्री खरिदमा पारदर्शी ढङ्गले उपयोग गरिने कार्यवाहक अध्यक्ष ऐरले बताए ।