काठमाडौँ । एमाले नेता तथा प्रतिनिधिसभाका सांसद सूर्य थापाले टिकटक बन्द गर्ने सरकारको निणर्य अलोकतान्त्रिक र परिवर्तनको स्वाभाविक गति रोक्ने तानाशाही निणर्य भएको बताएको छन् ।
सोमबार सोमबार मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निणर्य गरेपछि सांसद थापाले संसदको वर्षे अधिवेशन अन्त्य भएको ११ दिन नबित्दै सरकारले गरेको निणर्य तानाशाही भएको टिप्पणी गरेका हुन् ।
सांसद थापाले विज्ञप्ति जारी गर्दै टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालहरूलाई कानुनबमोजिम मात्र नियमन गर्न, नेपालमा दर्ता भएर मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाउन र करको दायरामा ल्याउन माग गरेका छन् । यस्तै उनले सरकारलाई होसमा फर्केर जनविरोधी निणर्य अविलम्ब फिर्ता लिन ध्यानाकर्षण गराएका छन् ।