नेपालगञ्ज । जाजरकोट केन्द्र बिन्दु बनाई गएको भूकम्पमा परि घाइते हुनेहरुको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । भर्ना भएका भूकम्प पीडित घाइतेहरुलाई आई.एम फाउन्डेसन नेपालद्वारा मंगलबार दिउसो फलफूल वितरण गरिएको छ ।
अस्पतालमा उपचारत १४५ जना घाइते र कुरुवाहरुलाई ६ वटा कार्टुन फलफूल वितरण गरेको हो । आई.एम फाउन्डेसन नेपालका अध्यक्ष नुर मोहम्मद अन्सारी, उपाअध्यक्ष शाहनवाज हल्वाई, सचिव सुहेल खानको अगुवाईमा फलफूूल हस्तान्तरण गरिएको हो ।
यस संस्थाको मुख्य उद्देश्य गरिब, असहाय तथा पीडामा परेका व्यक्तिलाई सहयोग गर्ने, स्वास्थ्य तथा शिक्षामा काम गर्ने मुख्य उद्देश्य रहेको भनी संस्थाका अध्यक्ष नूर मोहम्मद अंसारीले बताए । आई.एम फाउन्डेसन नेपालका पदाधिकारीहरु जाजरकोट र रुकुम पश्चिमका गएको भूकम्पका घाइते एवम् विरामीहरुलाई वेडमै पुगेर भेटघाट गरी फलफूल वितरण गरे ।
यो कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालयका नरेश श्रेष्ठ ,सशास्त्र प्रहरी, मोरिंगा अभियन्ता हेमन्त काफ्ले, सामाजिक अभियन्ता सुन्दर काफ्ले, सामाजिक अभियन्ता एवम् लेखक शाहिदा बानो शाह, बासका स्वयम् सेवक संगीता वि.क, अस्मिता थापा, सुनिता कुमाल र रेष्ट नेपालबाट मुष्कान हल्वाई लगायत अस्पतालका कर्मचारीहरुले वितरण कार्यमा सहयोगीको भूमिका निर्वाह गरेका छन् ।