काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र यस वर्षको तिहारमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ। काठमाडौं महानगरपालिकाले राति १ बजेसम्म देउसी–भैली खेल्न पाउने गरी सुरक्षा लगायतको प्रबन्ध गरिएको बताएको छ।
विगतका वर्षहरुमा कोभिड महामारी लगायतलाई कारण देखाउँदै स्थानीय प्रशासनले काठमाडौंमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्ने अनुमति दिँदै आएको थियो। तर यस वर्ष भने १ बजेसम्म देउसी भैलो खेल्न सुरक्षाका लागि गस्तीको व्यवस्था मिलाइएको काठमाडौं महानगरका मेयर बालेन शाहले बताएका छन्।