• जेष्ठ ८ २०८३, शुक्रबार

भूकम्प पीडितहरुको सहयोगका लागि सरकारी कर्मचारीको तलब कट्टा गर्ने निर्णय

कार्तिक २२ २०८०, बुधबार

काठमाडौं । गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट प्रभावितहरुका लागि सरकारी कर्मचारीको तर्फबाट केही दिनको तलब कट्टा गरी सहयोग गर्ने निर्णय भएको छ।

मुख्यसचिव वैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको बैठकले भूकम्पबाट पीडितहरुको सहयोगका लागि राष्ट्रसेवक कर्मचारीहरुको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको हो।

सरकारका विशिष्ट तथा प्रथम श्रेणीका कर्मचारीबाट ३ दिन, अधिकृतस्तरका कर्मचारीबाट दुई दिन र सहायक स्तर तथा अन्य सबै कर्मचारीहरुको तर्फबाट एक दिनको तलब सहायता प्रदान गर्ने निर्णय गरिएको छ।