• जेष्ठ ८ २०८३, शुक्रबार

राष्ट्रपति पौडेल जाजरकोट र रूकुमपश्चिम जाँदै

कार्तिक २१ २०८०, मंगलवार

 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्पबाट क्षति भएको क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै छन्। राष्ट्रपति पौडेल बिहान सवा १० बजे भूकम्प प्रभावित क्षेत्र जान लागेको उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए।

जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६‍.४ रेक्टरको भूकम्प गएको थियो। भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने करिब २०० घाइते भएका छन्।