• जेष्ठ ८ २०८३, शुक्रबार

भाटभटेनीका सञ्चालक गुरुङद्वारा भूकम्पपीडितलाई १ करोड ११ लाख रुपैयाँ सहयोग

कार्तिक २० २०८०, सोमबार

काठमाडौं । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले भूकम्पपीडितको उद्धार तथा राहतका लागि १ करोड ११ लाख रुपैयाँ रकम सहयोग गरेका छन्।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितहरूलाई व्यवसायी गुरुङले १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका हुन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’का लागि उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।