काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफू चढेको हलिकप्टर उद्धारका लागि छाडेर काठमाडौं फर्कने भएका छन् । भूकम्पमा परी घाइते भएका जाजरकोटका ७ जनालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकप्टरबाट सुर्खेत लगिएको छ।
घाइतेको उद्धारसँगै रुकुम पश्चिमबाट प्रधानमन्त्री प्रचण्ड नियमित जहाजबाट काठमाडौं फर्कने र सेनाको हेलिकप्टर घाइतहरूको उद्धारमा खटिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।