• जेष्ठ ८ २०८३, शुक्रबार

जाजरकोट भूकम्पमा केही घाइते, खलंगाका केही घरमा क्षति [अपडेट]

कार्तिक १८ २०८०, शनिबार

काठमाडौं । मध्यराति जाजरकोटमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पबाट जाजरकोटमा एकजना घाइते भएका छन् भने खलंगामा केही घरहरू भत्किएकाे विवरण प्राप्त भएकाे छ। क्षतिकाे बाँकी विवरण आउन बाँकी छ।