• जेष्ठ ८ २०८३, शुक्रबार

नेपाली केटी विहे गरेका सुन तस्कर दावा छिरिङको नेपाली नागरिकता रद्द

कार्तिक १७ २०८०, शुक्रबार

काठमडौं । सवारीसाधनका पाटपुर्जामा लुकाएर सुन तस्करी गर्ने चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङको नेपाली नागरिकता सरकारले रद्द गरेको छ ।

उनले झुटा विवरण पेस गरी निमा तामाङको नाममा काभ्रेपलाञ्चोक जिल्लाबाट नेपाली नागरिकता लिएका थिए । बिहीबारको मन्त्रिपरिषद्को बैठकले उनको नागरिकता रद्द गरेको हो ।

छिरिङले २० पुस २०७४ मा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ठेगाना राखी नेपाली नागरिकता बनाएका थिए । तिब्बती मुलका उनीसँग पछिल्लो समय बेल्जियमको नागरिकता र पासपोर्ट छ ।

नेपाली महिलासँग विहे गरी उनी लामो समयदेखि नेपालमा बस्दै आएका छन् । व्यवसायको आवरणमा उनले सुन तस्करी, हुन्डी लगायत आपराधिक गतिविधि गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ । सुन तस्करी मुद्दामा हाल उनी पुर्पक्षका लागि थुनामा छन् ।

छिरिङसँगै पक्राउ परेका अन्य चिनियाँ नागरिकको पनि नेपाली नागरिकता भेटिएको छ । ती नागरिकता पनि रद्द गर्ने प्रक्रिया अघि बढेको गृह मन्त्रालयले जनाएको छ । तर, सेटिङमा विदेशीलाई नागरिकता दिने कर्मचारीमाथि भने छानबिन र कारबाही भएको छैन ।