• जेष्ठ ८ २०८३, शुक्रबार

न्याय माग्दा डर, त्रास र धम्की पनि आए : भारती मानन्धर

कार्तिक १७ २०८०, शुक्रबार

काठमाडाैं ।  संविधान दिवसका अवसरमा आममाफी पाएका योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारती मानन्धरले अदालतको फैसलाले आफूलाई थप साहस दिएको बताएकी छिन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफूलाई धेरै बाधा, डर त्रास, धम्की र पैसाका बार्गेनिङहरू आए पनि अन्ततः न्याय पाएको बताइन् । उनले आफ्नो टिमले कुनै पनि लोभ लालचमा नलागेर आफ्नो सहयोग गरेकाले न्याय मिलेको बताइन् । उनले अन्यायमा परेका महिलालाई आफ्नो यो कामबाट प्रेरणा मिल्ने आशा गरेको बताइन् ।

नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेका रिगललाई सरकारले संविधान दिवसका अवसरमा आममाफी दिएको थियो । रिगलको आममाफीविरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट निवेदन दिएकी थिइन् ।