• जेष्ठ ८ २०८३, शुक्रबार

दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

कार्तिक ७ २०८०, मंगलवार

दोलखा । दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । विगु गाउँपालिका–२ ओराङमा बा १४ च ८९३४ नम्बरको बोलेरो दुर्घटना हुँदा सोही ठाउँका चिनिमाया तामाङ र बलिमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दोलखाको सिंगटीबाट बासपानी जाँदै गरेको बोलेरो ओराङ राईबेटारमा सोमबार बेलुका पौने ७ बजे दुर्घटना हुँदा ६ जना घाइते भएका थिए । घाइते भएका ६ जनामध्ये तीन जनाको सिगटीमा उपचार भइरहेको र गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।