• जेष्ठ ८ २०८३, शुक्रबार

नेपाल वायुसेवा निगमले तीनवटा नयाँ ट्वीनअटर जहाज खरिद गर्न बोलपत्र आह्वान गर्‍यो

कार्तिक ५ २०८०, आईतवार

काठमाडौं । नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्रमा उड्ने तीनवटा नयाँ जहाज खरिद गर्ने भएको छ । त्यसका लागि निगमले बोलपत्र आह्वान गरेको छ ।

आइतबार प्रकाशित गरिएको बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बरसम्म तोकिएको छ । निगमको संरचनात्मक एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले नेपाल एयरलाइन्सको सोल्टी होटलमा रहेको शेयर बेचेर जहाज खरिद गर्न सुझाव दिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिने गरी जहाज खरिद प्रक्रिया अघि बढाएको हो । हाल निगमसँग आन्तरिक उडानमा दुई थान ट्वीनअटर मात्र छन् ।