• जेष्ठ ८ २०८३, शुक्रबार

इजरायल आक्रमणमा मारिएका ४ विद्यार्थीको शव आज नेपाल ल्याइँदै

कार्तिक ५ २०८०, आईतवार

काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै छ।

शव आज ९ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्‍याइने जनाएको छ ।

शव लिन परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थल जाने भएका छन्।

इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइएको हो।

इजरायलस्थित नेपाली दूतावासका अनुसार बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको छ।