• जेष्ठ ८ २०८३, शुक्रबार

एकाएक छातीमा असहज महसुस भएपछि प्रम दाहाल अस्पताल भर्ना

आश्विन ३० २०८०, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई अस्पताल भर्ना गरिएको छ । छातीमा असहज महसुस भएपछि दाहाललाई अस्पताल भर्ना गरिएको हो । प्रधानमन्त्री प्रचण्डलाई मंगलबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

प्रचण्डको कोरोनरी एन्जीओग्राम गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ । प्रचण्डको उपचारमा डा.यादव भट्टसहितको टोली खटिएको छ ।