• जेष्ठ ८ २०८३, शुक्रबार

बीपी ‘हाई–वे’ मा निजी सवारीलाई पनि टाइम कार्ड लागू

आश्विन २९ २०८०, सोमबार

काठमाडौं । बीपी ‘हाई–वे’ मा निजी सवारी साधनलाई पनि टाइम कार्ड लागू गरिएको छ। जिल्ला ट्राफिक कार्यालय सिन्धुलीले यात्रालाई सुरक्षित बनाउन भन्दै टाइम कार्ड लागू गरेको छ।

यसअघि यात्रुबाहक भाडाका सवारी साधनमा मात्रै टाइम कार्ड लागू गरिएको थियो। चाडवाडको यात्रालाई सुरक्षित बनाउन अहिले निजी सवारीलाईसमेत टाइम कार्ड लागू गरिएको छ।

राजमार्गको हिरापानीदेखि नेपालथोक, दुम्जासम्म सम्पूर्ण निजी कार, जिप, भ्यान, मोटरसाइकललाई पनि टाइम कार्ड लागू गरिएको ट्राफिक प्रहरीले जनाएको छ। टाइम कार्ड दिन १० रुपैयाँ दस्तुरसमेत तिर्नुपर्ने हुन्छ।