• जेष्ठ ८ २०८३, शुक्रबार

इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो: परराष्ट्र मन्त्रालय

आश्विन २३ २०८०, मंगलवार

काठमाडौं । नेपालबाट इजरायलमा गएका सबै विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायलको सेनाको सहयोगमा सबै विद्यार्थीहरुलाई हामीले सुरक्षित स्थानमा पुर्‍याइसकेको जानकारी दिएकी हुन् ।
रातिसम्म ५० भन्दा बढी विद्यार्थीहरुलाई स्थानान्तरण गरिएको प्रवक्ता लम्सालले एक सञ्चारमाध्यमलाई बताएकी छन् ।

प्रवक्ता लम्सालले भनिन्स सबै सुरक्षित रहेको र जानकारी दिँदै सरकारले उपयुक्त समयमा र सुरक्षित तरिकाले सबैलाई उद्धार गर्ने बताएकी छन् ।

नेपाली दूतावासको टोलीसँग सम्पर्कमा रहेका उनीहरूलाई इजरायलले हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने मन्त्रालयले जनाएको छ ।