• जेष्ठ ८ २०८३, शुक्रबार

इजरायल आक्रमण: मृतक परिवारलाई १० लाख दिने, उद्धारका लागि चार्टर्ड हवाई जहाज पठाइने

आश्विन २३ २०८०, मंगलवार

धनगढी । इजरायलमा आक्रमणमा परी ज्यान गुमाएका विद्यार्थीका परिवारलाई सरकारले १०–१० लाख रुपैयाँ राहत दिने  भएको छ ।

सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने र उद्धारका लागि चार्टर्ड हवाई जहाज पठाउने निर्णय गरेको थियो । इजरायलले उडान अनुमति दिनेबित्तिकै उद्धारका लागि हवाई जहाज पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले समेत सोमबार विज्ञप्ति जारी गर्दै इजरायल आक्रमणमा दिवंगत भएका सुदूरपश्चिमका विद्यार्थीको परिवारलाई राहत स्वरूप २ लाख रूपैयाँ उपलब्ध गराउने जानकारी भएका छन् ।

शाहले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना समेत प्रकट गरेका छन् । उनले आक्रमणको निन्दा गर्दै शव ल्याउन र घाइतेको उपचार एवम् उद्धारमा जोड दिन संघीय सरकारलाई आग्रह समेत गरेका छन् ।