• जेष्ठ ८ २०८३, शुक्रबार

आज देशभर राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

आश्विन २३ २०८०, मंगलवार

काठमाडौँ । इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा सरकारले आज देशभर राष्ट्रिय शोक मनाउँदैछ ।

हिजो बसेको मन्त्रीपरिषद् बैठकले इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमण ज्यान गुमाएका नेपालीको सम्झनामा आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको थियो ।

राष्ट्रिय शोक अन्तर्गत आज देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।