• जेष्ठ ८ २०८३, शुक्रबार

प्रहरीले बुझायो इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनाको अनुसन्धान प्रतिवेदन

आश्विन २१ २०८०, आईतवार

काठमाडौँ । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनाको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएको छ । आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले बताइन् ।

सीआईबीले पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित ४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गर्न सरकारी वकिललाई राय दिएको छ ।

सीआईबीले राहुल महरा, लोकेन्द्रकुमार पौडेल र तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ सहित चारजनालाई प्रतिवादी कायम गर्न राय दिएको छ । भेप प्रकरणमा प्रतिवादी कायम गर्न सिफारिस गरिएका एक जना फरार छन् ।

चिनियाँ सुन तस्कर दाओजिन वाङसहित ६ जनालाई पछि खुलेको अवस्थामा प्रतिवादी बनाउन प्रहरीले राय दिएको छ । प्रहरीले ८ करोड ५७ लाख बिगो कायम गर्नुपर्ने राय दिएको छ ।