• जेष्ठ ८ २०८३, शुक्रबार

आज विश्व मुस्कान दिवस मनाइँदै

आश्विन १९ २०८०, शुक्रबार

हरेक वर्ष अङ्ग्रेजी क्यालेन्डरको अक्टोबर महिनाको पहिलो शुक्रबार ‘विश्व मुस्कान दिवस’ मनाइन्छ। मुस्कानले हरेक व्यक्तिको मानसिकसँगै शारीरिक स्वास्थ्यमा पनि धेरै फाइदा पुर्‍याउने धेरै अनुसन्धानहरूले पत्ता लगाएका छन् ।

मुस्कानले मानिसको तनाव कम गर्छ। मस्तिष्कले नकारात्मक सोचलाई रक्षात्मक संयन्त्रको रूपमा प्रयोग गर्दछ । मुस्कानले यसको प्रतिरोध गर्न सक्छ । त्यसैले हाँस्ने बानीले मस्तिष्कलाई राम्रो निर्णयहरू गर्न, थप सकारात्मक सोच्न र जीवनको बारेमा राम्रो महसुस गर्न मदत पुर्‍याउँछ ।

मुस्कानले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र रक्तचाप कम गर्न मदत गर्छ । मुस्कुराउँदा एन्डोर्फिन र सेरोटोनिन रिलिज हुन्छ जसले प्राकृतिक पीडा कम गर्न महत्व पूर्ण भूमिका निर्वाह गर्छ । मुस्कानले मानिसलाई जवान देखाउँछ अर्थात् स्वस्थ उज्यालो र आकर्षक देखाउँछ ।

नियमित रूपमा मुस्कुराउनुले मानिसहरूलाई थप आत्मविश्वासी बनाउँछ । उनीहरूको पदोन्नतिको सम्भावना बढाउँछ, र उनीहरूलाई थप पहुँचयोग्य बनाउँछ । जब बैठक वा व्यापार भेटघाटमा हुँदा मुस्कुराउँदा अन्य मानिसहरूबाट थप सकारात्मक प्रतिक्रिया पाउन सकिन्छ ।