काठमाडौं । चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योगराज ढकाललाई माफी दिने निर्णयविरुद्ध अनसनरत भारती मानन्धर सर्वोच्च अदालत परिसरमा ढलेकी छन्। पतिका हत्या आरोपीलाई संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट माफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएकी भारती बुधबार दिउँसो तारिख लिएर फर्किने क्रममा ढलेकी हुन्।
भारतीले बुधबारदेखि काठमाडौंको माइतीघर मण्डलामा अनसन सुरु गरेकी छन्। उनले आफूले न्याय नपाएसम्म अनसन जारी राख्ने जनाएकी छन्।