बैतडी । बैतडीमा एक बालिका शनिवार मृत फेला परेकी छिन्।
जिल्लाको दशरथचन्द नगरपालिका–१ मुणापका लोकेन्द्र सिंह भाटकी १२ वर्षीया छोरी मनिषा भाट शनिवार दिउंसो घरभित्रै मृत अवस्थामा फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीकाअनुसार उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्। घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता खत्रीले बताए।