काठमाडौं । सरकारले अटिजम भएकाहरुका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले उक्त कुरा बताएका हुन्।
उनले संसद्मा पेस गरिएको शिक्षा विधेयकमा पनि शिक्षासम्बन्धी समावेशी कार्यक्रम राखिएको जानकारी दिए। उनले अटिजम भएकाहरुलाई विशेष व्यवहारको आवश्यकता रहेको औंल्याए।
अधिकारीले कक्षाकोठामा अटिजम भएकाहरुलाई शिक्षण गर्दा छुट्टै किसिमको व्यवहार आवश्यक पर्ने र कक्षा कोठामा उनीहरुलाई विशेष हेरचाह आवश्यक रहेको उल्लेख गरे।