काठमाडौँ । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।
एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति करिब १ बजेको समयमा हृदयाघात भएपछि त्रिवि शिक्षण अस्पताल लगिएका नेम्वाङलाई चिकित्सकहरूले मृत घोषित गरेका थिए ।
नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको राष्ट्रपति पौडेलले बताएका छन् । उनले नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारप्रति गहिरो समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।