• बैशाख २२ २०८३, मंगलवार

कोशी सरकारविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै

भाद्र १७ २०८०, आईतवार

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा सर्वोच्च अदालतले आइतबार अन्तिम सुनुवाइ गर्दैछ।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यलेसमेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमालेले सत्तापक्षले संविधान विपरीत काम गरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

उक्त रिटमाथि शुक्रबार पूर्ण सुनुवाइ गर्नेगरी पेसी तोकिए पनि न्यायाधीशले केस हेर्न नमानेपछि आइतबारलाई सारिएको थियो।