• जेष्ठ ९ २०८३, शनिबार

गोरखामा बम जस्तो शंकास्पद वस्तु फेला, सेनाको बम डिस्पोजल टोली घटनास्थल पुग्याे

भाद्र १६ २०८०, शनिबार

गोरखा । गोरखा-आँबुखैरेनी सडकखण्ड अन्तर्गत गोरखा नगरपालिका-८ स्थित कट्टेलचोकमा शंकास्पद वस्तु फेला परेको छ ।
शनिबार बिहान टेप बाँधेर राखेको अवस्थामा मुख्य सडकमा कुकर फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले जानकारी दिए ।

एसपी श्रेष्ठका अनुसार ‘मर्निङ वाक’ गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको एसपी श्रेष्ठले बताए ।