• बैशाख २२ २०८३, मंगलवार

नेपालको नक्सालाई विश्व समुदायले सम्मान गर्नुपर्छ : नेपाल सरकार

भाद्र १५ २०८०, शुक्रबार

काठमाडौँ । सरकारले नेपालको नक्सालाई अन्तरराष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने बताएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालको नेपालको नक्सालाई छिमेकी र अन्तरराष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने बताएको हो ।

मन्त्रालयले भनेको छ, ‘सन् २०२० मा नेपालको संसदले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट छ । यो नक्सालाई हाम्रा छिमेकी र अन्तरराष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ ।’

चीनले २८ अगस्टमा जारी गरेको नयाँ नक्सामा नेपालको नक्साको चुच्चे भागलाई हटाएको थियो । त्यसको नेपालमा विरोध भइरहेको छ । यसबारे आफ्नो धारणा स्पष्ट पार्दै मन्त्रालयले नेपाल सीमा विवाद वार्ता र कुटनीतिबाट समाधान गर्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।