• जेष्ठ ९ २०८३, शनिबार

भक्तपुरमा पार्किङ गरी राखेको बसमा आगजनी

भाद्र १४ २०८०, बिहीबार

काठमाडौं । भक्तपुरमा पार्किङ गरी राखेको एक बसमा आगजनी भएको छ ।

मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोक नजिक सडक छेउमा पार्किङ गरी राखेको बा ४ ख ६६६९ नम्बरको बसमा बिहीबार बिहान अज्ञात व्यक्तिले आगजनी गरेको हो ।

कमलविनायकबाट रत्नपार्क जाने उक्त बसमा आगजनी भएपछि प्रहरी वृत्त थिमिको टोली र जुद्ध बारुणयन्त्र भक्तपुरको सहयोगमा आगो निभाइएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।