• बैशाख २२ २०८३, मंगलवार

संसदीय विषयगत समितिको बैठक भदौ ११ गते हुने

भाद्र ७ २०८०, बिहीबार

काठमाडौं । प्रतिनिधिसभाको विषयगत समितिको सभापतिको निर्वाचन भाद्र ११ गते हुने भएको छ

बिहीबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरूको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो।

यसको निम्ति भदौ १० गतेदेखि नै प्रक्रिया प्रारम्भ हुने नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए।