• जेष्ठ ९ २०८३, शनिबार

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दाको पेशीकै दिन पाकिस्तान जाँदै

भाद्र ७ २०८०, बिहीबार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आइतबार पाकिस्तान जाने भएका छन्। उनीविरुद्धको बलात्कार मुद्दाको पेसी आइतबारका लागि तोकिए पनि त्यो दिन सुनुवाइ हुने सम्भावना कम भएपछि उनलाई आइतबार पाकिस्तान पठाउने तयारी भएको हो।

सन्दीपका कानुन व्यवसायीले आइतबार मुद्दा सुनुवाइ हुने सम्भावना कम भएकाले सन्दीपलाई आइतबार बेलुका पाकिस्तान पठाउने तयारी गर्न नेपाल क्रिकेट संघ (क्यान) लाई जानकारी गराइसकेका छन्।

आइतबार मुद्दाको पेसी तोकिएको छ। तर आठौं नम्बरमा भएकाले सुनुवाइको पालो आउने सम्भावना कम छ। सुनुवाइ भए पनि त्यसै दिन बहस सकिँदैन।