• जेष्ठ ९ २०८३, शनिबार

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर चितवन मेडिकल कलेजमा एमबीबीएस पढ्ने एक विद्यार्थी पक्राउ

भाद्र १ २०८०, शुक्रबार

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर चितवन मेडिकल कलेजमा एसबीबीएस पढ्दै गरेका एक विद्यार्थी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्दै गरेका विद्यार्थीलाई पक्राउ गरेको हो।

बिहीबार राति पक्राउ परेका उनलाई काठमाडौं ल्याइँदै गरेको सीआईबीले जनाएको छ। उनको विवरण भने सीआईबीले सार्वजनिक गरेको छैन। कागजातहरु भेरिफिकेसन गरेर पुष्टि भएपछि मात्रै थप बताउन सकिने सीआईबीले जनाएको छ।