काठमाडौं । आज २९ औं तामाङ प्रसारण दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाईदै छ ।
वि.सं. २०५१ साल भदौ १ गते रेडियो नेपालमा पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण भएको दिनको सम्झनामा यस दिनलाई हरेक वर्ष तामाङ संचारकर्मी तथा तामाङ समुदायले तामाङ प्रसारण दिवसको रुपमा मनाउदै आएका छन् ।
तामाङको पहिचान, अधिकार र जनचेतनाका लागि रेडियो, पत्रपत्रिका, टेलिभिजन तथा अनलाईनबाट तामाङ संचारकर्मीहरुले सकरात्मक परिवर्तनको आवाज उठान गर्ने क्रममा हाल देशमा रहेका विभिन्न संचार माध्यमहरुमा तामाङ संचारकर्मीको संख्यामा बृद्धि हुँदै गएको छ ।
हरेक वर्ष तामाङ प्रसारण दिवसका अवसरमा प्रदान गरिने तामाङ मिडिया अवार्ड, यो वर्ष धनकुटाका शन्तबिर लामा र काठमाडौंकी मायालु ङेसुरलाई प्रदान गरिएको हो ।
भदौ १ गते बिहान ७ बजे पर्यटन बोर्डमा आयोजना हुने कार्यक्रममा अवार्ड वितरण गरिएको थियो ।